काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २९ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि कम्पनीको ५९ औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई घोषणा भएको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, ऋण सुविधा लिने स्वीकृतमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालू आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

