काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले १३ औं साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी पुस ३० गते पोखराको न्यूरोडमा रहेको सिटी स्क्वायर ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ । उक्त गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्तिका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सभामा सहभागी हुन सक्नेछन् ।

