काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । जेठ ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ढकाललाई कामु सीईओको जिम्मेवारी प्रदान गरेको हो ।
उनी बैंकमा वरिष्ठ नायब सीईओको रुपमा कार्यरत छन् । बैंकका सीईओ ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकमसम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा रहेकाले कामु सीईओको जिम्मेवारी ढकाललाई दिइएको हो ।

