बुधबार, असार १०,२०८३ 01:37:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:37:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो एजीएम, बुक क्लोजको मिति पनि तय

Laxmi Sunrise Bank Limited
लाभांश पारित गर्न नेशनल लाइफले डाक्यो एजीएम, बुक क्लोजको मिति पनि तय

काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३८ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी पुस ३० गते बिहान साढे १० बजे काठमाण्डौको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित हाल कायम चुक्तापूँजीको ४ प्रतिशत नगद लाभांश र ८.५ प्रतिशत बोनस सेयर गरी कुल १२.५ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६५७८९४७४ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेकाले बोनस सेयर बापतको कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८१/८२ को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र आव २०८१/८२ मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.