काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ११ गते बिहिबार बसेको सञ्चालक समितिको १७९ औं बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस ४ गते धुलिखेलमा रहेको होटल अरनिकोमा दिनको २ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८१८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वित्तीय स्थितिको विवरण तथा आव २०८१८२ को नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह विवरण अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

