आशा लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । संस्थाले गत आवका लागि घोषणा गरेको बोनस सेयरका लागि भएको समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ९०.४१ रुपैयाँ कायम भएको छ ।समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता रु १ हजार १९४ थियो । आजदेखि नयाँ समायोजित मूल्यका आधारमा संस्थाको सेयर कारोबार हुनेछ ।

