काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले यही मंसिर २२ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै संस्थाले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
संस्थाले गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त लाभांश संस्थाको आगामी पुस ४ गते आयोजना हुन लागेको नवौं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

