मंगलवार, श्रावण ५,२०८३ 07:39:23
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 07:39:23
Bizshala
Global IME Bank Limited

पहिलो महाधिवेशनअघि रास्वपाको सचिवालय सक्रिय, तयारीबारे निर्णायक छलफल हुने

पहिलो महाधिवेशनअघि रास्वपाको सचिवालय सक्रिय, तयारीबारे निर्णायक छलफल हुने
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा सचिवालय बैठक बोलाएको छ।  

महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा स्पष्ट गर्न बैठक आह्वान गरिएको हो।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बिहीबार बिहान ८ बजे बस्ने बैठकमा महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तयारीको समीक्षा गरिनेछ।  

साथै प्रतिनिधि व्यवस्थापन, नेतृत्व चयनको प्रक्रिया, संगठनात्मक एजेन्डा र आगामी कार्यदिशाबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।

रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेकाले बाँकी व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन बैठक बोलाइएको जानकारी दिइन्।  

बैठकबाट महाधिवेशन सफल बनाउन आवश्यक निर्णय तथा निर्देशन जारी हुने अपेक्षा गरिएको छ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनको भरतपुरमा आयोजना हुँदैछ।

पार्टी स्थापना भएपछि पहिलोपटक हुन लागेको महाधिवेशनले संगठनात्मक संरचनालाई नयाँ स्वरूप दिने विश्वास गरिएको छ।

महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ।  

सभापति, पदाधिकारी र केन्द्रीय समितिका सदस्यहरूको चयनसँगै पार्टीको भावी राजनीतिक रणनीति र संगठनात्मक कार्ययोजनासमेत तय गरिनेछ।

देशभरबाट करिब तीन हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुने तयारी रहेको छ।  

स्वयंसेवक, पर्यवेक्षक तथा अतिथिसहित सहभागीको संख्या चार हजारभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

रास्वपाले यस महाधिवेशनलाई नेतृत्व हस्तान्तरणको प्रक्रिया मात्र नभई पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार र नीतिगत प्राथमिकता तय गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.