काठमाण्डौ । बुधबार सेयरबजारमा साढे ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरमा नासा सेक्युरिटिज, नबिल स्टक डिलर, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा लिन्च स्टक मार्केट, इम्पेरियल सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट अ ाज श४२ करोड ५१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५६.७३ प्रतिशत सेयर खरिद भएको छ भने ४३.२७ प्रतिशत सेयर बिक्री भएको छ ।


