काठमाण्डौ । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म ४४ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २८ लाख ९७ हजार १२५ जनाले ३ करोड १० लाख ८० हजार २१० कित्ताका लागि आवेदन दिएका छन्, जुन यो मागभन्दा ४४ गुणा बढी आवेदन हो ।
कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणहरुका लागि कुल ७ लाख ५ हजार ५०० कित्ता सेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
१० कित्ताका दरले सेयर बाँडफाँड गर्दा ७० हजार ५५० जनाले मात्रै सेयर प्राप्त गर्नेछन् भने आवेदन दिएका २८ लाख २६ हजार भन्दा बढीको हात खाली हुनेछ ।

