बुधबार, असार ३,२०८३ 03:56:55
Bizshala
  • बुधबार, असार ३,२०८३ 03:56:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

श्रम संस्कृति पार्टीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Laxmi Sunrise Bank Limited
श्रम संस्कृति पार्टीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा बैठक बुधबार श्रम संस्कृति पार्टीको विरोधपछि स्थगित गरिएको छ।  

विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत छलफल चलिरहेका बेला भएको अवरोधका कारण बैठकको कार्यसूची प्रभावित भएको हो।

Bizshala
New Office
CG Motors

बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिइरहेका थिए।  

सोही क्रममा मन्त्रीहरूको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका थिए।

अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सहितका सांसदहरू वेलमा उभिएर विरोध जनाएपछि बैठक केही समय अवरुद्ध बनेको थियो।  

सभामुखले पटक–पटक प्रक्रिया अनुसार अघि बढ्न आग्रह गर्दै बैठक सञ्चालन गर्न आह्वान गरेका थिए।  

Garima Development Bank
Shivam Cement
Bizshala

उनले संसदीय नियमअनुसार एकपटक स्पष्टीकरण भइसकेपछि पुनः सोही विषयमा प्रश्न उठाउन नपाइने व्यवस्था रहेको स्मरण गराउँदै आसन ग्रहण गर्न निर्देशन दिएका थिए।

तर, सांसदहरूले सभामुखको निर्देशन अटेर गर्दै विरोध जारी राखेपछि संसद्को वातावरण थप तनावपूर्ण बनेको थियो।  

वेल घेराउकै बीच बैठक सञ्चालन गर्ने प्रयास भएपनि निरन्तर अवरोधका कारण कार्यसूची अघि बढ्न सकेन।

अन्ततः सभामुखले बैठकलाई १५ मिनेटका लागि स्थगित गरेका हुन्।  

सभामुखको निर्णयपछि बैठक अस्थायी रूपमा रोकिएको छ भने संसद् परिसरमा स्थिति सामान्य बनाउन आवश्यक पहल भइरहेको संसद् सचिवालयले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.