बुधबार, असार ३,२०८३ 03:12:42
Bizshala
  • बुधबार, असार ३,२०८३ 03:12:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वैदेशिक रोजगारबाट फर्किएकाहरूको पुनःएकीकरणमा प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

Laxmi Sunrise Bank Limited
वैदेशिक रोजगारबाट फर्किएकाहरूको पुनःएकीकरणमा प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र रेमी परियोजनाको सहकार्यका सञ्चालित वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको आर्थिक पुन एकिकरण सम्बन्धमा कोशी प्रदेशका उद्योग प्रतिष्ठानका सञ्चालक/प्रवन्धकहरुसँग प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष श्री राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासंघ कोशीले वैदेसिक रोजगारीबाट फर्किएका ब्यत्तिहरुको आर्थिक पुन एकिकरण सम्बन्धमा हालसम्म भएका कार्यहरुको प्रतिवेदन प्रस्तुति गरेको थियो । महासंघले १० स्थानिय तहस्तरमा रोजगारदाता र आप्रवासी संजालका प्रतिनिधिहरु बीच उपलब्ध रोजगारी तथा दक्षता बारेमा बैठक सम्पन्न गरेको थियो, रोजगारीको खोजीमा रहेका व्यक्तिहरुको विवरण, दक्ष कामदार अभावको समस्या भोगिरहेका प्रतिष्ठानहरु विवरण संकलन गरेको छ ।

Bizshala
New Office
CG Motors

स्थानिय तहको रोजगार सुचना केन्द्र बाट उपलब्ध तथ्यांकको आधारमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई रोजगार उपलब्धता सम्बन्धमा महासंघ कोशीले सहजीकरण गर्दै आएको छ । 

कार्यक्रममा प्रगति टेक्सटायलका प्रदिप निरौलाले दक्षता र काममा लगनशिलता भएकाहरुलाई उद्योग प्रतिष्ठानले सधै खोजिरहेको बताए । रिलायन्स स्पिनिङ्ग मिल्सका महेश पोखरेलले सीप सगै रोजगारी उपलब्ध गराउन आफ्नो प्रतिष्ठान प्रतिवद्ध रहेको बताए । एशियन थाई फुड्सका प्रतिनिधि शिव प्रसाद निरौलाले खाद्य सम्बन्धी उद्योगमा सीप भएका रोजगारी उपलब्ध गराउन सकिने बताए ।

Garima Development Bank
Shivam Cement
Bizshala

कार्यक्रमा पल्स फेशन सोलुशन,  सूदर्शन सेक्युरिटी सर्भिस प्रालि, डेरी उद्यमीहरुले रोजगारी उपलब्धता गराउने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव गोपाल दाहालले मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएका ब्यत्तिहरुको लक्षित विभिन्न परियोजनाहरुको बारेमा चर्चा गरेका थिए । कार्यक्रम कोशी प्रदेशमा संचालित उद्योग प्रतिष्ठानका करिब ५० जनाको सहभागिता रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.