डोजर अभियानविरुद्ध श्रम संस्कृति पार्टीको माइतीघरमा प्रदर्शन, सुकुम्वासी विस्थापन रोक्न माग
काठमाण्डौं । सुकुम्वासी बस्ती हटाउन सरकारले डोजर अभियानलाई तीव्रता दिएपछि श्रम संस्कृति पार्टीले त्यसको विरोधमा सडक आन्दोलन शुरु गरेको छ । सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पक्षमा राजनीतिक दलहरू खासै सक्रिय नदेखिएको अवस्थामा पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन आयोजना गरेको हो ।

