Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

आशा लघुवित्तको खुद नाफामा १७% को वृद्धि, कस्तो छ अन्य सूचकको अवस्था ?

Global IME Bank Limited
आशा लघुवित्तको खुद नाफामा १७% को वृद्धि, कस्तो छ अन्य सूचकको अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.४८ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले  ३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाले नाफासँगै खुद ब्याज आम्दानी समेत बढाएको छ । । तेस्रो त्रैमाससम्म संस्थाले ३१ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७१.५६ प्रतिशतले धेरै हो । अघिल्लो आवमा संस्थाले १८ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  

संस्थाको खुद सञ्चालन आम्दानी पनि १०२.४३ प्रतिशतले बढेर ४१ करोड ७३ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि २७ करोड २२ लाख र अन्य सञ्चालनका लागि ८ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ ।  

संस्थाको रिटेन्ड अर्निङ २०.७२ प्रतिशतले बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १० करोड २१ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर १२ करोड ३३ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिजर्भको आकार पनि २४ करोड ६६ लाख रुपैयाँबाट बढेर २५ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तेस्रो त्रैमाससम्म संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह दुवै वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ अर्ब ८२ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।  

त्यस्तै कर्जा प्रवाह पनि ८ अर्ब ९२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।  

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ४८ लाख रुपैयाँ छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात केहि बढेको छ । संस्थाको खराब कर्जा अनुपात ४.९३ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ८.०७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १५८.९९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५६८.१० रुपैयाँ,मूल्य आम्दानी अनुपात ९१.११ गुणा र तरलता अनुपात २.९९ प्रतिशत कायम भएको छ ।


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X