सोमबार, श्रावण ११,२०८३ 04:12:15
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 04:12:15
Bizshala
Global IME Bank Limited

बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि सडकमा

‘साना र ठूला बचतकर्ता भनेर विभाजन नगर, सबै पीडितलाई समान व्यवहार गर’

बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि सडकमा
New Office

 

काठमाण्डौ । सहकारी संस्थामा बचत गरेर रकम फिर्ता नपाएका पीडितहरू फेरि आन्दोलनमा उत्रिएका छन्। सहकारी पीडित बचतकर्ता महासंघको नेतृत्वमा सोमबार काठमाण्डौको माइतीघर मण्डलमा प्रदर्शन गर्दै उनीहरूले सबै बचतकर्ताको रकम समान रूपमा फिर्ता गर्न सरकारसँग माग गरेका हुन्।

प्रदर्शनमा सहभागी पीडितहरूले सरकारले साना र ठूला बचतकर्ताका नाममा पीडितहरूलाई विभाजन गर्न खोजेको आरोप लगाए। बचत रकमको आकारका आधारमा पीडितबीच फरक व्यवहार गर्न नहुने उनीहरूको माग छ।

सहकारी पीडित बचतकर्ता महासंघका अध्यक्ष कुशलभ केसीले विगतमा आन्दोलनमा सहभागी भएका पीडितहरूको बचत प्राथमिकताका साथ फिर्ता गर्न सरकारसँग माग गरे। पटकपटक ध्यानाकर्षण गराउँदा पनि मागको सुनुवाइ नभएको भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

उनले सहकारी पीडितसँग विगतमा गरिएका सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने बताए। सरकारबाट प्रभावकारी पहल नभए थप सशक्त आन्दोलनमा जाने चेतावनीसमेत उनले दिएका छन्।

सरकारले ठूला ऋणीबाट कर्जा असुल गरी साना बचतकर्ताको रकम फिर्ता गर्ने रणनीति अघि सारेको छ। तर पीडितहरूले यस्तो नीतिले बचतकर्ताबीच विभाजन सिर्जना गर्ने भन्दै विरोध जनाएका छन्।

“पीडित सबै समान हुन्, बचत रकमका आधारमा कसैलाई सानो र कसैलाई ठूलो भनेर वर्गीकरण गर्नु हुँदैन,” प्रदर्शनकारीहरूको भनाइ छ।

प्रदर्शनमा सहभागीहरूले ‘पीडितलाई न्याय दिइयोस्’, ‘फुटाउने षड्यन्त्र बन्द गर’, ‘साना र ठूला बचतकर्तालाई समान व्यवहार गर’ र ‘पीडितले न्याय कहिले पाउने?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

उनीहरूले आफूहरूको बचत फिर्ता नगर्ने विभिन्न सहकारीका सञ्चालकहरूको तस्बिरसमेत ब्यानरमा राखेर प्रदर्शन गरेका छन्।

सरकारसँग भएका सहमति कार्यान्वयन, दोषी सञ्चालकमाथि कारबाही र सबै पीडितको बचत फिर्ताको सुनिश्चितता नभएसम्म आन्दोलन जारी राख्ने महासंघले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.