काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि वितरण गर्ने घोषणा गरेको ९.५० प्रतिशत बोनस सेयर सेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको छ।
संस्थाले एक सूचना जारी गर्दै गत पुस ४ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित बोनस सेयर सम्बन्धित सेयरधनीहरूको डिम्याट खातामा अभौतिक रूपमा जम्मा गरिएको जानकारी दिएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा सूचीकृत तथा दर्ता भई दोस्रो बजारमा कारोबार योग्य बनाइएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार गत मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिएको छ।
गत मंसिर २१ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुलाई भने बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई संस्थाले आग्रह गरेको छ।
उक्त मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त सेयरधनीहरुको सेयर रोक्कामा रहेको वा नरहेको यकिन गरी रोक्कामा राख्नुपर्ने भए बोनस सेयरसमेत रोक्कामा राख्नेतर्फ आवश्यक प्रक्रिया अगाडि गर्नुपर्ने संस्थाले आग्रह गरेको छ।

