बुधबार, भाद्र १८,२०८२ 05:22:22
  • बुधबार, भाद्र १८,२०८२ 05:22:22
Global IME Bank Limited

नेपाल बैंकले कर्जा लगानीको दायरा बढाउनमा जोड दिनेछ: सीईओ पाण्डे

Hyundai Nepal
नेपाल बैंकले कर्जा लगानीको दायरा बढाउनमा जोड दिनेछ: सीईओ पाण्डे
Shivam Cement

काठमाण्डौ। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले लगानीमा जोड दिने बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सब समारोहमा बोल्दै सीइओ पाण्डेयले आगामी पुस मसान्तसम्ममा लगानीको वातावरण राम्रो बनाउने बताए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकिङ क्षेत्रमा देखिएको तरलतालाई मध्यनजर राख्दै बैंकले कर्जा लगानीसँगै बैंकको लगानीको वातावरण बनाउने उनले बताए । ‘पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता धेरै छ नेपाल बैंकले अब कर्जा लगानीको दायरा बढाउने छ’ उनले भने, ‘साथै बैंकले आफ्नो लगानी समेत विस्तार गर्नेछ । बैंकको कृषि हाइड्रो र पर्यटन छेत्रमा राम्रो लगानी छ । यहि क्षेत्र लगानी अझै बढाएर अघि बढ्नेछौ ।’  

यसका साथै, नेपालको लोडसेडिङको अन्त्य गर्न बैंक वित्तीय संस्थाको ठूलो हात  रहेको पाण्डेयले दाबी गरे । ‘हामीले हाइड्रो प्रोजेक्ट संचालनको लागी फाइल राखेर लोन प्रवाह गरेका छौं यसकारण नेपालको लोडसेडिङको अन्त्यमा हाम्रो पनि ठूलो हात छ’ उनले भने, ‘नेपाल बैंकमा जनशक्ति राम्रो छ लगानीको दायरा बढाएर बैंकको नाफामा पनि सुधार आउनेछ।’  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.