बिहीबार, बैशाख ३१,२०८३ 07:22:13
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:22:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यी ३ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

Laxmi Sunrise Bank Limited
यी ३ कम्पनीको साधारण सभा आज बस्दै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Shivam Cement

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज साधारण सभा आयोजना गर्ने कम्पनीहरुमा ग्लोबल आइएमई बैंक, नबिल बैंक र हिमालयन लघुवित्त रहेका छन् ।  

ग्लोबल आइएमई बैंक  

ग्लोबल आइएमई बैंकको १८ औं साधारण आज काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र सोही हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण र सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई लघुवित्तको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।  

यसैगरी चालु आवको लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षकको नियुक्ती गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीको प्रस्ताव पारित गरिनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गरिसकेको छ । यसर्थ मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Bizshala
New Office
CG Motors

नबिल बैंक  

नबिल बैंकको ४० औं साधारण सभा काठमाण्डौको राष्ट्रिय सभागृहमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत नगद लाभांश(करसहित)को प्रस्ताव पारित गरिनेछ ।  

यस्तै गत आवको वार्षिक प्रतिवेदन समेत पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गरिनेछ ।  

यसैगरी, चालु आवको लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनार्थ बैंकले गत मंसिर १० गते बुक क्लोज गरिसकेको छ । यसर्थ मंसिर ९ गते सम्म कायम रहेका सेयरधनी मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

हिमालयन लघुवित्त वित्तीय संस्था

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा आज काठमाण्डौको त्रिपुरेश्वरमा रहेको बोगनभिल्ला इभेन्ट्समा बिहान १० बजेदेखि  सुरु हुनेछ ।  

उक्त सभामा संस्थाको नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र अन्य लघुवित्तलाई गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने, आव २०८१/८२ को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने समूह ‘क’ का संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका सञ्चालकको मनोनयन र नियुक्तिलाई अनुमोदन गर्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने सामान्य प्रस्तावहरु समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले मंसिर १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.