बिहीबार, बैशाख ३१,२०८३ 07:54:14
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:54:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इन्धन बचतका लागि हप्तामा दुई दिन वर्क फ्रम होम लागू गर्ने दिल्ली सरकारको योजना

Laxmi Sunrise Bank Limited
इन्धन बचतका लागि हप्तामा दुई दिन वर्क फ्रम होम लागू गर्ने दिल्ली सरकारको योजना
Shivam Cement

काठमाण्डौ । दिल्ली सरकारले पेट्रोल र डिजेलको खपत घटाउने उद्देश्यले सरकारी तथा निजी क्षेत्रका लागि हप्तामा दुई दिन वर्क फ्रम होम लागू गर्ने योजना अघि सारेको छ।

मुख्यमन्त्री रेखा गुप्ताले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो सम्बन्धी विभिन्न योजनाहरू सार्वजनिक गरेकी हुन्। उनले ‘मेरा भारत मेरा योगदान’ नामक जनअभियान सञ्चालन गरिने जानकारी दिँदै इन्धन बचतलाई प्रमुख लक्ष्य बनाइएको बताइन्।

Bizshala
New Office
CG Motors

मुख्यमन्त्रीका अनुसार, सरकारी कार्यालयहरूमा प्रत्येक हप्ता दुई दिन वर्क फ्रम होम लागू गरिनेछ। साथै, निजी क्षेत्रका कम्पनीहरूलाई पनि सम्भव भएसम्म हप्तामा दुई दिन घरबाट काम गर्ने व्यवस्था गर्न आग्रह गरिनेछ। यो व्यवस्था अनिवार्य नभई सिफारिस स्वरूप हुनेछ र श्रम विभागले यसको अनुगमन गर्ने बताइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैगरी, विश्वविद्यालयहरूलाई पनि सम्भव हुने अवस्थामा अनलाइन माध्यमबाट अध्ययन–अध्यापन सञ्चालन गर्न सुझाव दिइएको छ। अदालतहरूलाई समेत अधिकतम सुनुवाइ अनलाइन माध्यमबाट गर्न आग्रह गरिएको छ।

यसका साथै, दिल्ली सरकारले आगामी एक वर्षका लागि आफ्ना मन्त्री तथा उच्च अधिकारीहरूको विदेश भ्रमणमा रोक लगाउने निर्णय पनि गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.