सोमबार, असार १५,२०८३ 04:43:46
Bizshala
  • सोमबार, असार १५,२०८३ 04:43:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भृकुटी स्टक ब्रोकिङलाई रु.२२.२५ करोड रकम भुक्तानी गर्न हिमालयन इन्भेष्टमेन्ट बैंकरको ताकेता

Laxmi Sunrise Bank Limited
भृकुटी स्टक ब्रोकिङलाई रु.२२.२५ करोड रकम भुक्तानी गर्न हिमालयन इन्भेष्टमेन्ट बैंकरको ताकेता

काठमाण्डौ । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नं. ५५) विरुद्ध रु. २२ करोडभन्दा बढी रकम फिर्ता नगरेको आरोप लगाउँदै पुनः सार्वजनिक सूचना जारी गरेको छ।

कम्पनीद्वारा प्रकाशित सूचनाअनुसार आफ्नो व्यवस्थापनमा सञ्चालित एलएलआई लार्ज क्याप फण्डबाट सेयर खरिद प्रयोजनका लागि पटक–पटक रकम उपलब्ध गराइए पनि सम्बन्धित ब्रोकर कम्पनीले फण्डको नाममा सेयर खरिद नगरेको आरोप लगाइएको छ।

New Office
CG Motors
Garima Development Bank

सूचनामा फण्डको बाँकी रहेको रकम रु. २२ करोड २५ लाख ७३ हजार ५ सय ९०.७१ रुपैयाँ फिर्ता गर्न पटक–पटक लिखित ताकेता गरिए पनि भुक्तानी नभएको उल्लेख गरिएको छ। यसअघि आर्थिक अभियान राष्ट्रिय दैनिकमा पहिलो सार्वजनिक सूचना प्रकाशित गरिएको भए पनि सम्बन्धित पक्षबाट कुनै चासो नदेखाइएको कम्पनीको दाबी छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हिमालयन इन्भेष्टमेन्ट बैंकरले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उक्त रकमसँगै लाग्ने ब्याज तथा हर्जाना बुझाई हिसाब राफसाफ गर्न आग्रह गरेको छ। अन्यथा रकम असुलउपरका लागि प्रचलित कानूनी व्यवस्था अनुसार ब्रोकर कम्पनी तथा त्यसका सञ्चालकविरुद्ध कानूनी प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.