सोमबार, असार ९,२०८२ 02:04:59
  • सोमबार, असार ९,२०८२ 02:04:59
Global IME Bank Limited

दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा आज, यी प्रस्ताव हुँदैछन् पारित

Hyundai Nepal
दिव्यश्वरी हाईड्रोपावरको साधारण सभा आज, यी प्रस्ताव हुँदैछन् पारित
Nabil Bank Limited

काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको साधारण सभा आज हुने भएको छ । कम्पनीको साधारण सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्युमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।  

यसअघि जेठ २२ गते आयोजना हुने तय भएको कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  

आज आयोजना हुने सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र यसका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आव २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गारी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७९/८० र २०८०/८१ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिको रिक्त रहेको सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत जेठ ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ जेठ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.