दिव्यश्वरी हाईड्रोपावरको स्थगित साधारण सभा असारमा आयोजना हुने
काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको स्थगित साधारण सभाको मिति पुनः तय गरिएको छ । जेठ २२ गते आयोजना हुने तय भएको कम्पनीको दुई आर्थिक वर्षको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो । उक्त स्थगित साधारण सभा अब असार ९ गते सोमबारका दिन काठमाण्डौको पुरानो बानेश्वरमा रहेको अन्नपूर्ण पार्टी भेन्युमा दिउसो १ बजेदेखि सुरु हुनेछ ।