काठमाण्डौ । दिव्यश्वरी हाईड्रोपावर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसािर कम्पनी १५ लाख ७२ हजार घाटामा रहेको छ । अघिल्लो आवमा पनि कम्पनी ३ करोड ९ लाख रुपैयाँ घाटामा थियो र यरी कम्पनीले ९४.९२ प्रतिशतले घाटा कम गरेको छ ।
यो अवधिमा कम्पनीले ६ करोड ९६ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.४९ प्रतिशतले बढी हो । कम्पनीको प्रत्यक्ष खर्च ६० लाख ९६ हजारबाट घटेर ३४ लाख २१ हजारमा सीमित बनेको छ ।
यस्तै कम्पनीको अन्य सञचालन तथा प्रशासनिक खर्च समेत ५९ लाख ९२ हजारबाट घटेर ४० लाख २१ हजारमा खुम्चिएको छ ।
कम्पनीको रिजर्भ फण्ड २५ करोड २० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ५ करोड ४४ लाख रुपैयाँबराबरको अल्पकालिन ऋण र ५४ करोड ९१ लाख रुपैयाँबराबरको दीर्घकालिन ऋण लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.६० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ४.५३ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८९.९१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६९८ गुणा ऋणात्मक र तरलता अनुपात ०.१३ प्रतिशत कायम भएको छ ।