सोमबार, असार १५,२०८३ 06:09:20
Bizshala
  • सोमबार, असार १५,२०८३ 06:09:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

समता घरेलु लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस र लाभांश क्षमता कति ?

Laxmi Sunrise Bank Limited
समता घरेलु लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस र लाभांश क्षमता कति ?

काठमाण्डौ । समता घरेलु लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाले ८ करोड २३ लाख रुपैैयाँ नाफा कमाएको छ । 

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २१४.७८ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म संस्थाले २ करोड ६१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

संस्थाको ब्याज आम्दानीमा सुधार देखिदा नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवको चैत मसान्तसम्म २० करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको यो संस्थाले चालु आवको सो अवधिसम्म आइपुग्दा ६३.६४ प्रतिशत बढाएर ३४ करोड १३ लाख रुपैयाँ ब्याज आम्दानी गर्न सफल भएको छ ।  

संस्थाको खराब कर्जा अनुपात भने ६.५३ प्रतिशतबाट बढेर १५ प्रतिशत पुगेको छ । साथै पूँजीकोष अनुपात सामान्य घटेर १२.४० प्रतिशत, सीडी रेसियो १०६.७९ प्रतिशत, कस्ट अफ फण्ड ६.१५ प्रतिशत, बेस रेट १०.६२ प्रतिशत र स्प्रेड दर ७.७८ प्रतिशत पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको प्रतिसेयर आम्दानी ५.५४ प्रतिशतबाट बढेर १६.६२ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३९.५६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.४३ गुणा र तरलता अनुपात १७.८० प्रतिशत रहेको छ ।  

सो अवधिसम्म संस्थाले ५ करोड ७८ लाख रुपैयाँ तिवरणयोग्य मुनाफाको लागि छुट्याएको छ । यसर्थ सो अवधिसम्म संस्थाको लाभांश क्षमता ११.०४ प्रतिशत रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.