काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीनवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा एनएमबी बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाईड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा एनएमबी बैंकको ९१ लाख ८३ हजार ३५२.९८ कित्ता, नेको इन्स्योरेन्सको ८ लाख ७ हजार ४६० कित्ता र सुपर माई हाईड्रोपावरको १० लाख ७० हजार कित्ता बोनस सेयर गरी कुल १ करोड १० लाख ६० हजार ८१२.९८ कित्ता सेयर सूचीकृत भएको हो ।
यसमा एनएमबी बैंकको ५ प्रतिशत, नेको इन्स्योरेन्सको ३ प्रतिशत र सुपर माई हाईड्रोपावरको २० प्रतिशत बोनस सेयर रहेको छ । नेप्सेमा सूचीकृत भएसँगै अब यी सेयर आगामी कारोबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनछ ।

