बिहीबार, असार ११,२०८३ 06:08:05
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:08:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको खुद नाफा बढ्यो, खराब कर्जा अनुपात ५.६७ प्रतिशत पुग्यो

Laxmi Sunrise Bank Limited
लक्ष्मी सनराइज बैंकको खुद नाफा बढ्यो, खराब कर्जा अनुपात ५.६७ प्रतिशत पुग्यो

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ९.७१ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । बैंकले समीक्षा अवधिसम्म ८ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १०३.४९ प्रतिशतले धेरै हो ।  

New Office
CG Motors
Garima Development Bank

बैंकको खुद सञ्चालन आम्दानी पनि घटेको छ । यो अवधिमा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.२७ प्रतिशतले कम हो । बैंकको कर्मचारी खर्च २ अर्ब ६ करोड रुपैयाँ र अन्य सञ्चालन खर्च ७७ करोड रुपैयाँ छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।  

त्यस्तै बैंकको रिटेन्ड अर्निङ भने ३६ करोड ८५ लाख र रिजर्भको आकार १७ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४.६७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.६७ प्रतिशत पुगेको छ ।  बैंकको निक्षप संकलन ३ खर्ब ४० अर्ब ्र कर्जा प्रवाह २ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)९.५५ रुपैयाँ,प्रतिसेयर  नेटवर्थ १७२.५० रुपैयाँ,मूल्य आम्दानी अनुपात २२.२२ गुणा र तरलता अनुपात ३०.११ प्रतिशत कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.