बुधबार, असार १०,२०८३ 03:12:37
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:12:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेटलाईफ इन्स्योरेन्सको सहयोगमा फरवार्ड नेपालद्वारा न्यानो कपडा वितरण

Laxmi Sunrise Bank Limited
मेटलाईफ इन्स्योरेन्सको सहयोगमा फरवार्ड नेपालद्वारा न्यानो कपडा वितरण

काठमाण्डौ । मेटलाइफ इन्स्योरेन्सको सहयोगमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो।

पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुढाथोकीले न्यानो कपडा वितरण गरे ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं. ३ की सांसद भगबती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताइन् । सामाजिक उत्तरदायित्व अन्तरगत हरेक व्यवसायिक क्षेत्रले सामाजिक कामहरु गर्दा आर्थिक, सामाजिक रुपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने सांसद चौधरीको भनाई छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.