बुधबार, असार १०,२०८३ 11:51:21
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:51:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्काईवेलको शोरुम पूर्वको इटहरीमा

Laxmi Sunrise Bank Limited
स्काईवेलको शोरुम पूर्वको इटहरीमा

काठमाण्डौ । नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेलले पूर्वी नेपालको इटहरीमा आफ्नो सोरुम आज औपचारीक उद्घाटन गरेको छ ।  

नेपालमा पाईने विद्युतीय सवारी साधनहरुमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेञ्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा कम्पनीले एक बर्षअघि भित्र्याएको थियो ।

चैत ११ गते सोमबारका दिन प्रमुख अथिती, कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँच कर्ण राईले एक समारोहका बीच रिबन काटेर बिक्री कक्षको उद्घाटन गरे ।  

उद्घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालको उपस्थिती रहेको थियो ।

New Office
CG Motors
Garima Development Bank

चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्टेलिया, मिडल इस्ट, रसिया, सहित एशियामामा समेत आफ्नो बलियो बजार साख सिर्जना गरिसकेको छ । स्काईवेल चीनीयाँ ईलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्थको ब्राण्ड हो । राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको कम्पनीले जनाएको छ ।

भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक वर्षअघि आफ्नो प्रिमियम एसयुभीको बिक्री वितरण शुरु गरेको थियो । नेपाली बजारमा भित्रिएको एक बर्षभित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरु नेपालमा बिक्री गरिसकेको छ । 

नेपालका लागि आधिकारीक आयातकर्ता तथा विक्रेता जि मोटर्स प्रालि रहेको स्काईवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ । कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल भन्छन्, ‘हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडि बिक्री गर्छौं, उहाँहरु घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने महान् सोचका साथ उही लक्जिरी प्राप्त हुने विकल्पको रुपमा स्काईवेलका एसयुभी चढ्न थाल्नुहुन्छ । त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहिं कति पनि चुक्नेछैनौं । हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौं । हामीसँग यथेष्ठ स्पेयर्स पार्टस् जगेडा छन् ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोरुम उद्घाटन समारोहमा बोल्दै जि.मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलाल भन्छन्, ‘स्काईवेल साधारण ईभी मात्र होईन यो प्रिमियम एसयुभी ब्राण्डको रुपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो । यो सवारी चढेर हिंड्ने हाम्रा ग्राहकले जती गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्राण्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो त्यसमा हामी कहिं चुक्ने छैनौं ।’

एक करोड १५ लाख रुपैंया मूल्य सम्म पर्ने स्काईवेलका एसयुभीको सुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रुपैंया मूल्य पर्छ । यसै बर्ष स्काईवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.