बिहीबार, असार ११,२०८३ 12:48:24
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:48:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आत्मप्रशंसाको दस्तावेज सार्वजनिक गर्दै विदा भए ‘इतिहासकै विवादित गभर्नर’ अधिकारी

Laxmi Sunrise Bank Limited
आत्मप्रशंसाको दस्तावेज सार्वजनिक गर्दै विदा भए ‘इतिहासकै विवादित गभर्नर’ अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको इतिहासकै विवादित गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ५ वर्षे कार्यकालको आत्मप्रशंसा गर्दै विदा भएका छन् ।  

शुक्रबार पत्रकारहरुलाई डाकेर आफूले ५ वर्षमा गरेका सुधार, नीतिगत संसोधन र यो अवधिमा भएका मुख्य कामहरु समेटिएको पुस्तक लोकार्पण गर्दै आफ्नो कार्यकालको आफैं प्रशंसा गरी विदा लिएका हुन् । 

New Office
CG Motors
Garima Development Bank

राष्ट्रबैंक प्राङ्गणमै एक समारोहका बीच दुई डेपुटी गभर्नरहरुलाई दुई छेउमा राखेर उनले पुस्तक लोकार्पण गरेका थिए । सो क्रममा उनले आफ्नो कार्यकालमा राष्ट्रबैंकको स्वायत्ततामाथि हस्तक्षेप हुन खोजेको र त्यसमा पूर्व गभर्नर, विद्वान र विशेष गरी सञ्चारकर्मीहरुले खबरदारी गरेको विषय आफ्ना लागि स्मरणीय हुने बताए । 'त्यो ज्यादै स्मरणीय क्षणको रुपमा रहनेछ ।' उनले भने-'सबैप्रति हार्दिक हार्दिक आभार ।'  

उनले आफ्नो कार्यकाल चुनौतिपूर्ण रहेको उल्लेख गर्दै त्यसको सामना गर्न सबै पक्षको सद्भाव, सहयोग, बल र साथ रहेको समेत स्मरण गरे । 'विगत ५ वर्ष मेरा लागि सन्तुष्टिका वर्षहरु रहे ।' लफडै-लफडा र विवादै विवादमा परेका गभर्नर अधिकारीले आत्मप्रशंसा गर्दै भने-'राष्ट्रबैंकको इतिहासमा महत्वपूर्ण इँटाहरु थपिएको मैले महसुस गरेको छु।'

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आत्माप्रशंसा गर्न नथाकेका उनले आफ्नै कार्यकालमा भएका विवादित निर्णयहरु, पक्षपातपूर्ण नीतिगत संसोधन, कुनै दल विशेषको इशारामा गरिएका अनैतिक काम तथा व्यवस्थाहरुको विषयमा कुरै गरेनन् ।  

उनकै निर्देशनमा तयार भएको ५ वर्षे गतिविधि समेटिएको पुस्तकमा समेत आफ्नो कार्यकाल सफल भएको रहेको जिकिर गर्दै त्यसलाई पुष्टि गर्ने सकारात्मक सुधारका कुराहरु मात्र राखिएको छ । सुधार वा कुनै नीति संसोधनको नाममा वित्तीय जोखिम बढाएको, मर्जरका लागि दवाब दिंदा राम्रा संस्थाहरु पनि लाभांश बाँड्न नसक्ने अवस्थामा पुगेका, सनकको भरमा नीतिहरु लिँदा निजी क्षेत्र टाट पल्टिने अवस्थामा पुगेको र उनको इगो तथा गलत विश्लेषणको भरमा नीति बन्दा सबैभन्दा बढी सेयर बजार ध्वस्त हुन पुगेको विषयलाई उनले उल्लेख नै गरेका छैनन् ।  

उनले लिएका गलत नीतिका कारण पछिल्लो समय उनलाई गभर्नर बनाउन मुख्य भूमिका निर्वाह गरेका पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासँग समेत उनको बोलचाल नै बन्द भएको थियो । डा. खतिवडाले पछिल्लो समय महाप्रसादले लिएको नीतिको कडा आलोचना गर्ने गरेका थिए ।  

महाप्रसादको कामबाट सर्वसाधारणदेखि सामान्य लगानीकर्ता मात्र होइन, निजी क्षेत्र हुँदै उनलाई महत्वपूर्ण जिम्मेवारी दिएका प्रधानमन्त्री केपी शर्मा ओलीसम्म रुष्ट थिए । गभर्नर बनाउन सहयोग गर्ने सबै पक्ष र तप्कालाई मात्र होइन, गलत नीति लिएर अर्थतन्त्रमै समेत समस्याको आगो झोसी गभर्नर अधिकारी  विदा भएका हुन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.