बिहीबार, असार ११,२०८३ 04:47:24
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:47:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्रेष्ट माइक्रो लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

Laxmi Sunrise Bank Limited
क्रेष्ट माइक्रो लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञज(नेप्से)मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र क्रेष्ट माइक्रो लाइफबीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ७५ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारणसमक्ष एनआइएमबी एस क्यापिटल (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत फागुन २२ गतेदेखि २६ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यसरी सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२ लाख ५० हजार कित्ता (३० प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता (७० प्रतिशत)सेयर (धितोपत्र) समेत गरी जम्मा ७५ लाख कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम चैत २६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ बिहिबारको कारोबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘CREST’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १००.८६ रुपैयाँ र ३०२.५८ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.