८५% ले बढ्यो क्रेष्ट माइक्रो लाइफको नाफा, खुद बीमाशुल्क आर्जन समेत ३०२% ले बढ्यो
काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफा ८५.०२ प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्म २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा...