बिहीबार, असार ११,२०८३ 11:22:24
Bizshala
  • बिहीबार, असार ११,२०८३ 11:22:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

क्रेस्ट माइक्रो लाइफको अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
क्रेस्ट माइक्रो लाइफको अभिकर्ता तथा शाखा प्रबन्धकहरुको  भेला कार्यक्रम सम्पन्न

काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको  भेला कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको उक्त कार्यक्रम चितवनस्थित मचान कन्ट्री भिल्लामा सम्पन्न भएको हो ।  

कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको व्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरुको उक्त समारोहमा उपस्थित भएका थिए । समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले शुरुवाती चरणमै रहेको कम्पनीले उल्लेख्य व्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको भनाई ब्यक्त गर्दै लक्ष्य प्राप्त गर्न सफल अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

New Office
CG Motors
Garima Development Bank

उक्त समारोहमा आउँदा दिनहरुमा अभिकर्ता तथा शाखा प्रबन्धकको भेला समारोहमा अझ बढी अभिकर्ताहरु तथा शाखा प्रमुखहरुको सहभागीतको अपेक्षासहित अभिकर्ताहरु तथा शाखा प्रबन्धकहरुको व्यक्तित्व विकास तथा व्यवसायिक क्षमता वृद्धिको लागि समय सापेक्ष तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने प्रतिवद्धता समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृतले व्यक्त गरेका थिए ।

उक्त समारोहमा सहभागी सम्पूर्ण अभिकर्ता तथा शाखा प्रबन्धकहरुलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीले स्वागत मन्तब्यसहित स्वागत गरेका थिए ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.