काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि वैशाख ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ बुक क्लोज हुनु अघि अर्थात वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदमा खरिद आवेदन दिन योग्य हुनेछन् ।
कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चैत ३ गते अनुमति पाईसकेको छ ।
कम्पनीले अब १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्नेछ । हकप्रदपश्चात् कम्पनीको चुक्तापूँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम ५ अर्ब रुपैयाँ पुग्नेछ ।