काठमाण्डौ । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रालिबीच व्यवसायिक साझेदारीको लागि वैशाख २ गते एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
वैशाख २ गते एक समारोहका बीच गोरखा गार्डन होटल प्रालिका तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र प्रभु बैंकका तर्फबाट, बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु रानाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुने विश्वास गरिएको छ ।