सोमबार, बैशाख ७,२०८३ 10:44:04
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 10:44:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु बैंकको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

Bizshala
प्रभु बैंकको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
Shivam Cement

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकले तेस्रो त्रैमाससम्म १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३.५१ प्रतिशतले बढी हो ।    

बैंकको नाफा बढेतापनि खुद ब्याज आम्दानी भने घटेको छ । बैंकले समीक्षा अवधिसम्ममा ७ अर्ब ८ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको ८ अर्ब ४३ करोड रुपैयाँको तुलनामा १६.०४ प्रतिशतले कम हो । यस्तै बैंकले खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ३३ करोडबाट बढेर १ अर्ब ६५ करोड पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ०.६१ प्रतिशतले घटेर ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।  

२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ३९ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको रिजर्भको आकार १९.८६ प्रतिशतले बढेर १४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।  बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक बनेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससमम १६ करोड ६५ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा ३ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक रहेको छ।  

CG Motors
Garima Development Bank
IME remit

बैंकको खराब कर्जा अनुपात ८.६७ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १०.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १९.५२ गुणा र तरलता अनुपात ३६.८४ प्रतिशत कायम भएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.