मंगलवार, असार १७,२०८२ 07:31:11
  • मंगलवार, असार १७,२०८२ 07:31:11
Global IME Bank Limited

वाणिज्य बैंकहरुको नाफा र लाभांश क्षमता: देखिए केही रोचक तस्विर, सूचीमा नयाँ प्लेयरको दमदार इन्ट्री

Hyundai Nepal
वाणिज्य बैंकहरुको नाफा र लाभांश क्षमता: देखिए केही रोचक तस्विर, सूचीमा नयाँ प्लेयरको दमदार इन्ट्री
Nabil Bank Limited

काठमाण्डौ । देशका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  

वित्तीय विवरण सार्वजनिक गरेकामध्ये ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने बाँकी ११ वटा बैंकको नाफा बढेको देखिएको छ।

अघिल्लो आर्थिक वर्षमा देखिएको बैंकहरुबीचको रेसमा सहभागी केही टप वित्तीय संस्थाहरुको पोजिसिन नाटकीय ढंगले तलमाथि भएको छ । टप पोजिसनमा नयाँ प्लेयरहरुको प्रवेशले बैंकहरुको वित्तीय स्वास्थ्यमा केही रोचक तस्विरहरु समेत देखिएका छन् । 

CG Motors
Muktinath Bikas Bank Limited

खूद नाफाको हिसाबकिताब

खूद नाफाको हिसाबले समीक्षा अवधिमा नविल बैंक नै अगाडि देखिएको छ । यो अवधिमा नविलले ५ अर्ब ५ करोड बढी नाफा आर्जन गरेको छ । ९ महिनामा ५ अर्ब बढी नाफा कमाउने नविल मात्र पहिलो बैंक देखिएको छ ।  

दोश्रो स्थानमा चमात्कारिक फड्को मार्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उक्लिएको छ, जसको खूद नाफा ४ अर्ब ५४ करोड रहेको छ ।  

तेश्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ, जसको खूद मुनाफा ४ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । यसरी ९ महिनामा ४ अर्ब बढी नाफा कमाउने बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा र ग्लोबल आईएमई बैंक मात्र रहेका छन् ।  

समीक्षा अवधिमा ३ अर्ब ४५ करोड नाफासहित एभरेष्ट बैंक चौथो पोजिसनमा रहेको छ ।  

यस्तै, २ अर्ब ७८ करोडसहित नेपाल बैंक धेरै नाफा कमाउने बैंकको सूचीमा टप फाइभमा पर्न सफल भएको छ ।  

गत वर्षको ९ महिनाको अवधिसँग तुलना गर्दा नाफा धेरै बढाउने बैंकहरु नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा र ग्लोबल आईएमई बैंक क्रमशः पहिलो, दोश्रो र तेश्रो देखिएका छन् । ३२.५५ प्रतिशतको नाफा वृद्धिसँगै एभरेष्ट चौथो पोजिसनमा उक्लिएको देखिन्छ । नाफा वृद्धिको रफ्तारको सूचीमा माछापुच्छ«े बैंक पाँचौ स्थानमा रहेको छ ।  

नाफा धेरै घट्ने बैंकहरुको सूचीमा एनआईसी एशिया पहिलो, हिमालयन दोश्रो र कुमारी तेश्रो रहेका छन् । सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंकको नाफामा समेत पहिरो गएको देखिएको छ ।  

बाँकी टेबलमा हेर्नुस्:

सम्बन्धित बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरणमा आधारित टेबल । 

लाभांश क्षमताको हिसाबकिताब

लाभांश क्षमताको हिसाबकिताबमा भने अघिल्ला वर्षका टप बैंकहरुले नै आफ्नो स्थान सुरक्षित गरेका छन् ।  

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा एभरेष्ट बैंक २५.७५ प्रतिशत लाभांश क्षमतासहित पहिलो नम्बरमा छ । यस्तै, २५.६८ प्रतिशत क्षमतासहित स्ट्याण्डर्ड चार्टर्ड दोश्रो नम्बरमा देखिएकोछ ।  

९.३८ प्रतिशत लाभांश क्षमतासहित नेपाल एसबीआई बैंक तेश्रो स्थानमा, ७.९५ प्रतिशत क्षमतासहित सानिमा बैंक चौथो स्थानमा र ७.५५ प्रतिशत क्षमतासहित नवील बैंक पाँचौ नम्बरमा रहेको छ ।  

कुल २० वाणिज्य बैंकमध्ये ११ वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ ।  

बाँकी बैंकको अवस्था टेबलमा हेर्नुस्:

सम्बन्धित बैंकहरुले प्रकाशित गरेका अपरिस्कृत वित्तीय विवरणमा आधारित टेबल । 
Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.