आईतवार, आश्विन २६,२०८२ 09:04:02
IME remit
  • आईतवार, आश्विन २६,२०८२ 09:04:02
IME remit
Global IME Bank Limited

सेयर धितोकर्जाको २५ करोडको सीमा हटेतापनि किन बढ्न सकेन बजार ? यसो भन्छन् जानकार

Hyundai Nepal
सेयर धितोकर्जाको २५ करोडको सीमा हटेतापनि किन बढ्न सकेन बजार ? यसो भन्छन् जानकार
Shivam Cement

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले २०७८ साल भदौ महिनामा मौद्रिक नीति सार्वजनिक गर्दै ४÷१२ करोडको नीति सार्वजनीकि गरेको थियो । जसमा व्यक्तिगत लगानीकर्ताहरुको लागि ४ करोड मात्रै सेयर कर्जा लिन पाउने ब्यवस्था थियो भने संस्थागततर्फ १२ करोडको सीमा लगाइएको थियो । जुन नीति पूँजीबजारमा लामो समयसम्म निकै आलोचित र चर्चाको शिखमा रह्यो।  

यसै विषयलाई लिएर लगानीकर्ताहरु आन्दोलित पनि भए भने केही लगानीकर्ताहरु राष्ट्र बैंक घेर्न समेत पुगे । यो विषयले यतिसम्म चर्चा पायो कि लगानीकर्ताहरुले सरकार र अर्थमन्त्रालयमा लबिङ गर्दा अर्थमन्त्री र तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको सम्बन्धमा चिसोपन समेत उत्पन्न भयो। तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई बर्खास्तसम्म गरे । तर महाप्रसाद अधिकारी अदालतको आदेश लिएर पुनःराष्ट्र बैंक आए । त्यसपछि उनले पूरै कार्यकाल गभर्नरको रुपमा काम गरे ।  

तर लगानीकर्ताले उनको कार्यकाल भरी आलोचना गरे । यो विषय तत्कालिन प्रधानमन्त्रीहरुसम्म पुगेपछि पछिल्लोपटक केही हेरफेर गरिएको थियो । पछिल्लोपटक नेपाल राष्ट्र बैंकले आफ्ना नीतिमा केही सहज गर्दै संस्थागततर्फको १२ करोडलाई पूर्ण रुपमा हटाएको थियो । तर व्यक्तिगततर्फको ४ करोडको सीमालाई बढार २५ करोडसम्म प्रयाएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको रुपमा विश्व पौडेल आएपछि लगानीकर्ताहरुको माग अनुसार नै अघिल्लो साता एक सर्कुलरमार्फत २५ करोडको सीमालाई पूर्ण रुपमा हटाइएको थियो । यो सँगै लगानीकर्ताहरुको माग अनुरुप बैंक तथा वित्तिय संस्थाहरुलाई सेयर खरिद बिक्रीमा पनि केही लचक नीति लिइएको थियो । तर यी सबै लचक नीतिहरुले सेयर बजारमा अपेक्षा अनुरुप खासै प्रभाव पार्न भने सकेन ।  

तर झनै उल्टै दैनिक सेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । आज मात्रै सेयर बजारमा करिब ७९ अंकको गिरावट सहित करिब ७ अर्बको कारोबार भएको छ । कतिपयले आजको कारोबारलाई फोर्स सेलको रुपमा पनि बुझेको देखिन्छ । यसै विषयलाई लिएर हामीले केही सेयर बजार तथा बैंकको ज्ञान राख्ने बजार जानकारहरुलाई प्रश्न गरेका छौं ।  

यसै विषयमा बजार जानकार सरोज भट्टराइले अहिले बजार मुख्य गरि ३ वटा कारणले घटेको र राष्ट्र बैंकले लचक नीति लिँदा पनि त्यसको असर नपरेको विचार व्यक्त गरे । उनका अनुसार मुख्य विषय त अहिलेको राजनीतिक कारण नै हो । ‘चुनाव हुने वा नहुने भन्ने अन्यौलता रहेको छ । त्यसैगरि अर्को कारण भनेको तिहार पछाडी राजनीतिक पार्टीहरुले फेरी आन्दोलन गर्छन कि भन्ने डर पनि रहेको छ, उनले भने, ‘त्यसैगरि तेस्रो कारण भनेको नेपालका लगानीकर्ता पनि सुरक्षति लगानी सुन तथा चाँदीमा आकर्षित भएका हुन सक्छन् ।’

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य निरन्तर बढिरहेकाले सुनलाई लगानीकर्ताले् सुरक्षित लगानी मानेको पनि हुन सक्ने उनको बुझाइ रहेको छ । चाडपर्वको कारणले पनि सेयर बजारले गति लिन नसकेको हुनसक्ने उनले आँकलन गरे । उनको विचारमा यदि आगामी दिनमा चुनाव हुने निश्चित भएको खण्डमा सेयर बजारले फेरि गति लिन सक्नेछ ।  

त्यसैगरि, अर्थशस्त्री डा. केशव श्रेष्ठले सरकारले पूँजी  बजारसँग सम्बन्धित काम गर्न नसक्दा बजारले गति लिन नसकेको बताए । उनले भने, ‘राष्ट्र बैंकको नीति अनुसार सेयर कर्जा दिए पनि यो बैंकले भने अनुसारका कम्पनीहरुमा मात्रै दिने गर्छ । सामान्य लगानीकर्ताहरुलाई कर्जा लिन पनि कठिन छ । सीमा हटेता पनि ठूलाले पहिले नै कर्जा लिएका पनि हुन सक्छन्।’

यनले नीति मात्रै बनाउने भन्दा पनि प्रडक्ट ल्याउनु पर्नेमा जोड दिए । उनले थप्दै भने, ‘कारोबारीहरु पनि हाबी हुँदा बजारमा तीव्र उचारचढाव आएको हो ।’

 

त्यसैगरि, नेपाल सेयरधनी संघका संस्थापक अध्यक्ष नानीबाबु खरेलले अहिलेको घटाइ पूर्ण रपमा चलखेल भएको आरोप लगाए । ब्रोकरहरुले अहिले लिमिट टाइड गर्दा बजार घटेको समेत उनले बताए । ‘अब एक दूइदिनमा आफूहरुले सेयर किन्छन अनि फेरि लिमिट खुकुलो गरेर ब्रोकरहरुले नै बजारमा खेल्छन् ।’ उनले लगानीकर्ता र ब्रोकरहरुको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा बाघ र घोडाको जस्तो भएको बताए।  

त्यसैगरि, २५ करोडको क्याप हटे पनि बजार बढ्न नसक्नुमा अहिले धेरै बैंक तथा वित्तीय संस्थाहरु सेयर धितो कर्जा दिन नसक्ने अवस्थामा रहेको लगानीकर्ताको भनाई छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक, वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजी (कोर क्यापिटल)को ४० प्रतिशतसम्म मात्रै सेयर धितोमा कर्जा दिन पाउने व्यवस्था छ । यही कारण सहज ढंगले सेयरधितो कर्जा पाइने बैंकहरु नदिने अवस्थामा छन् । जुन जुन बैंकमा सेयरधितो कर्जा गएको छैन, उनीहरु यसलाई प्राथमिकता दिइरहेका छैनन् ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.