बुधबार, असार १७,२०८३ 07:30:43
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:30:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मूल्य घट्ने हल्लाले पेट्रोल पम्पले तेल भण्डारण गरेनन्, आजै रातिदेखि देशभर आपूर्ति सहज हुने

Laxmi Sunrise Bank Limited
मूल्य घट्ने हल्लाले पेट्रोल पम्पले तेल भण्डारण गरेनन्, आजै रातिदेखि देशभर आपूर्ति सहज हुने

काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य घट्ने अनुमानका कारण अधिकांश पेट्रोल पम्पले पर्याप्त इन्धन भण्डारण नगर्दा केही स्थानमा देखिएको आपूर्ति समस्या आज रातिदेखि पूर्ण रूपमा समाधान हुने नेपाल आयल निगमले जनाएको छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमतर्फबाट इन्धनको अभाव नभएको र मागअनुसार निरन्तर आपूर्ति भइरहेको छ। निगमले आफ्नो खातामा रकम प्राप्त भएपछि नियमित रूपमा इन्धन वितरण गर्दै आएको उनले बताए।

New Office
CG Motors
Garima Development Bank

उनका अनुसार मूल्य घट्ने चर्चा चलेपछि धेरै पेट्रोल पम्प सञ्चालकले पुरानै महँगो मूल्यमा धेरै इन्धन खरिद गर्न चाहेनन्। अधिकांश पम्पको भण्डारण क्षमता पनि सीमित रहेकाले आवश्यकभन्दा कम परिमाणमा मात्रै इन्धन सञ्चित गरिएको थियो।

"निगमले मागअनुसार इन्धन उपलब्ध गराइरहेको छ। मूल्य घट्ने आशंकामा पेट्रोल पम्पहरूले पर्याप्त भण्डारण गरेनन्। उनीहरूको भण्डारण क्षमता पनि कम भएकाले धेरै तेल राखिएको थिएन," प्रवक्ता ठाकुरले भने।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले काठमाडौं उपत्यका नजिकका क्षेत्रमा थानकोट डिपोबाट इन्धन पठाइसकिएकाले अवस्था सामान्य भइसकेको जानकारी दिए। टाढाका जिल्लामा पनि ढुवानी तीव्र पारिएकाले आज रातिदेखि आपूर्ति पूर्ण रूपमा सहज हुने उनको दाबी छ।

निगमले उपभोक्तालाई अनावश्यक रूपमा इन्धन सञ्चित नगर्न र बजारमा अभावको हल्लामा विश्वास नगर्न समेत आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.