मंगलवार, असार १७,२०८२ 12:55:34
  • मंगलवार, असार १७,२०८२ 12:55:34
Global IME Bank Limited

एस बैंकलाई २०% स्वामित्व बिक्री गर्दै एसबीआई बैंक, जापानी कम्पनी एसएमबीसी ५१% हिस्सा खरिद गर्न तयार

Hyundai Nepal
एस बैंकलाई २०% स्वामित्व बिक्री गर्दै एसबीआई बैंक, जापानी कम्पनी एसएमबीसी ५१% हिस्सा खरिद गर्न तयार
Nabil Bank Limited

काठमाण्डौ । भारतको निजी बैंक एस बैंकमा जापानी कम्पनी सुमितोमो मित्सुई बैंकिङ कर्पोरेशन(एसएमबीसी)ले ठूलो हिस्सेदारी खरिद गर्ने योजना बनाएको छ । यसका लागि एसएमबीसीले स्टेक बैंक अफ इण्डिया(एसबीआई)सँग छलफल सुरु गरेको छ ।  

एस बैंकमा एसबीआई बैंकको २३.९७ प्रतिशत स्वामित्व रहेको छ । जसबाट बैंकले २० प्रतिशत स्वामित्व एसएमबीसीलाई बेच्ने जनाइएको छ । यसका साथै एसएमबीसीले एस बैंकको अन्य सेयरहोल्डरहरुबाट पनि थप ६–७ प्रतिशत स्वामित्व खरिद गर्ने रोयसर्टले जनाएको छ ।  

यसपश्चात एसएमबीसीले एस बैंकमा ५१ प्रतिशत स्वामित्व प्राप्त गर्नका लागि ओपन अफरको प्रक्रिया सुरु गर्नेछ । यदि यो सम्झौता भयो भने भारतीय बैंकिङ क्षेत्रमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो अधिग्रहण मध्ये एक हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

एस बैंकका अन्य लगानीकर्ताले जस्ते एक्सिस बैंक, कोटक महिन्द्रा बैंक, आईसीआईसीआई र एचडीएफसी बैंकले पनि आफ्नो स्वामित्व बिक्री गर्न सक्ने जनाइएको छ । यी बैंकहरुसँग एस बैंकको कुल ७.३६ प्रतिशत स्वामित्व रहेको छ ।  

यसका साथै एड्भेन्ट व कार्लाइलले पनि ओपन अफरमार्फत आफ्नो सेयर बिक्री गर्न सक्छ । सरकारी बीमा कम्पनी एलआईसीसँग पनि एस बैंकको ३.९८ प्रतिशत स्वामित्व रहेको छ । जसले यो सम्झौतामा अहम् भूमिका खेल्न सक्ने जनाइएको छ ।  

सम्झौताको खबर बाहिरिएसँगै एस बैंकको सेयरमूल्यमा आज उछाल आएको छ । बैंकको सेयरमूल्य आज इन्ट्रा डेमा १० प्रतिशतले बढेको थियो ।  

सन् २०२३ मा पनि एसएमबीसीले एस बैंकमा ५१ प्रतिशत भोटिङ राइट्स खरिद गर्न चाहेको खबर आएको थियो । तर भारतीय कानूनका कारण उसले यस्तो गर्न पाएन र तर अहिले एसएमबीसी भारतको कानूनअनुसार २६ प्रतिशत भोटिङ राइट्स खरिद गर्न सहमत भएको छ । तर कम्पनीले एस बैंकको बोर्डमा आफ्नो सञ्चालक नियुक्त गरेर प्रबन्धपत्र नियन्त्रण गर्न चाहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.