काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ४ दिन मात्रै सेयर कारोबार भएको थियो । यो साता ५ दिन कारोबारमा बजार ३ दिन बढ्यो भने २ दिन मात्रै घट्यो ।
अघिल्लो साता २ हजार ६११.८५ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६८८.५५ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ७६.७ अंकले बजार बढ्यो । अघिल्लो साता ४९.७९ अंकले बजार घटेको थियो । यो साता दोस्रो बजारमा ५ कारोबारमा ४३ अर्ब ७० करोडको सेयर कारोबार भयो । अघिल्लो साता भने सेयर बजारमा ४ कारोबारमा ३५ अर्ब ६५ करोडको भएको थियो ।
यो साता बजार पूँजीकरण ४३ खर्ब ७० अर्ब रह्यो । यस्तो बजार पूँजीकरण अघिल्लो साता ४३ खर्ब ४४ अर्ब रहेको थियो । यस हिसाबले यो साता नेप्से परिसूचक र कारोबार दुबै बढ्यो । बजार बढ्दा यो साता लगानीकर्ताहरुको सम्पत्ति २७ अर्बले बढ्यो ।
प्राविधिक पक्षः
मुभिङ एभरेज
मुभिङ एभरेज भनेको अंकगणितिय तथ्यांकहरुलाई मुभ हुँदै एभरेज निकाल्ने विधिलाई बुझिन्छ । यो विधिमार्फत बजारमा विशेषगरी ५ , २० , ५० र २०० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ। यो विधि पूँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ । छोटो समयको बजारको चाल हेर्न छोटो समयकै मूभिङ एभरेज र लामो समयको बजारको चाल हेर्न लामो समयकै चाल हेर्ने गरिन्छ ।
बजारमा अहिलेको अवस्था हेर्दा यो साता बजार ५० दिने मुभिङ एभरेजबाट माथि अर्थात २६७१ विन्दुबाट माथि लागेको देखिन्छ । त्यसैगरि, यो साता क्याण्डल स्टिकबाट नियाल्दा बजारले साप्ताहिक रुपमा बुलिस इन्गल्फिङ प्याटर्न बनाएको छ । यसले पनि सम्भावित रुपमा बजारले आगामी साताबाट माथिको यात्रा तय गर्ने बुझिन्छ ।
सुपर ट्रेन्डको आधारमा
सुपर ट्रेन्डको आधारमा यदि बजार रातो रेखा भन्दा तल–तल रहुन्जेल बियरिस र हरियो रेखा भन्दा माथि लागेमा बुलिस भन्ने हो । यस आधारमा यो साता पनि बजार बियरिस नै देखिन्छ । यस आधारमा यदि बजार २७०५ माथि–माथि कारोबार भएको खण्डमा बजार बुलिस रहेको मानिन्छ । यस आधारमा बजार गत फागुन २५ देखि नै बियारिस रहेको छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – २८१९
प्रतिरोध २ – २७७९
प्रतिरोध १– २७०१
पिभट् प्वइन्टः २६६२
घटेमा सपोर्ट
सपोर्ट १– २५८४
सपोर्ट २– २५४४
सपोर्ट ३ –२४६६

निष्कर्षः यो साता नेप्सेमा ७६.७ अंकको बढोत्तरी आयो । अघिल्लो साता नेप्सेमा करिब ५० अंकले गिरावट आएको थियो । यसलाई प्राविधिक रुपमा क्याण्डल स्टिकबाट नियाल्दा बुलिस इन्गल्फिङ प्यार्टन बनेको देखिन्छ । मूभिङ एभरेजबाट नियाल्दा बजार यो साता ५० दिने मूभिङ एभरेज रेखाबाट माथि लागेको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा यो साता बजार २० दिने मुभिङ एभेरज रेखाबाट माथि लागेको छ ।
स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा यो साता बजारले ब्रेक अप स्टक्चर बनाएको छ । यस हिसाबले यो साता २६८८ को विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २७०० विन्दुभन्दा माथि कारोबारसहित टिकेको खण्डमा माथिको यात्रा थप निश्चित हुनेछ । क्षेत्रगत रुपमा हेर्दा यो साता जलविद्युत र कारोबार समूहमा रातो पोतियो भने बाँकी सबै समूहमा हरियाली छायो ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।