काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर बैंकले यसअघि गत भदौ २ गते विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखेको थियो । तर उक्त अवधिभित्र कुनै आवेदन नपरेकाले बैंकले अन्य व्यक्ति,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको जनाएको छ ।
संस्थापक सेयर खरिद गर्न योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना जारी भएको १५ दिनभित्र काठमाण्डौको कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून तथा सेयर विभागमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालमा सम्पर्क गर्न सकिनेछ ।
संस्थापक सेयरको बिक्री मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (4)(1)(1).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                