काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सका कर्मचारीले पाउने बोनस शतप्रतिशतले बृद्धि भएको छ । कम्पनीले आव २०८९÷८० मा कर्मचारी बोनसका लागि कुल ९ करोड ७० लाख रुपैयाँ छुट्याएकोमा आव २०८०÷८१ मा भने कर्मचारीलाई बोनस बाँड्न १९ करोड ५१ लाख रुपैयाँ छुट्याएको छ ।
यसर्थ कम्पनीले छुट्याएको कर्मचारी बोनस अघिल्लो आवको तुलनामा गत आव १०१.१६ प्रतिशतले बढेको छ । बोनससँगै यता कर्मचारीको तलब भत्ता समेत कम्पनीले वृद्धि गरेको छ ।
गत आवमा कर्मचारीको तलबका लागि कम्पनीले ५ करोड ७० लाख रुपैयाँ बाँडेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०।५० प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले तलब बाँड्नका लागि ५ करोड १६ लाख रुपैयाँ छुट्याएको थियो ।
यसका साथै कर्मचारीलाई बाँड्ने भत्ताका लागि पनि कम्पनीले ३ करोड १७ लाख रुपैयाँ छुट्याएको छ । यो रकम अघिल्लो आवको तुलनामा ११।१० प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले कर्मचारीलाई २ करोड ८५ लाख रुपैयाँ भत्ता वितरण गरेको थियो ।
यसका साथै चाडपर्व भत्ताका लागि ६२ लाख रपैयाँ, सामाजिक सुरक्षा कोषका लागि ५७ लाख रुपैयाँ, अन्य शीर्षकमा ४९ लाख, विदा भत्ता वापत १ करोड ३८ लाख, तालिम खर्चमा ४१ लाख रुपैयाँ, कर्मचारी युनिफर्मका लागि ११ लाख रुपैयाँ, बीमाका लागि ५ लाख ९३ हजार रुर्पैयाँ, कर्मचारी विदाइका लायिग ३० लाख ७४ हजार रुपैयाँ र अन्य शीर्षकमा २३ लाख रुपैयाँ छुट्याएको छ ।
यसरी कम्पनीले गत आवमा विभिन्न शीर्षकमा आफ्ना कर्मचारीको सेवा सुविधाको लागि कुल ३२ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५७.८४ प्रतिशत बढी हो । अघिल्लो आवमा भने कम्पनीले कर्मचारीको सुविधाका लागि २० करोड ६४ लाख रुपैयाँ मात्रै खर्च गरेको थियो ।