सोमबार, जेष्ठ २६,२०८२ 09:43:40
IME remit
  • सोमबार, जेष्ठ २६,२०८२ 09:43:40
IME remit
Global IME Bank Limited

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न

Hyundai Nepal
यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान गर्दै ‘नेसनल सेल्स स्किल कन्टेस्ट २०८२’ सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । यामाहा नेपालले टुह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र यसको उत्सव मनाउन देशभरका यामाहा डिलरहरूबीचको आन्तरिक प्रतिस्पर्धा, नेसनल सेल्स स्कील कन्टेस्ट २०८२ आयोजना सम्पन्न गरेको छ।२५ जेठमा आयोजित यस कन्टेस्टले देशभरका शीर्ष बिक्री पेशेवरहरूलाई एकै ठाउँमा ल्याएको थियो । जसले तीव्र क्षेत्रीय प्रतिस्पर्धाहरूमार्फत नेसनल फाइनलमा आफ्नो स्थान हासिल गरेका थिए।

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

यामाहा नेटवर्कभित्र बिक्री क्षमताको मूल्याङ्कन र सुधार गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता अटो बेसिक्स, उत्पादनको ज्ञान, प्रतिस्पर्धाको जानकारी, बिक्री प्रक्रिया, भाइभार उत्पादन प्रदर्शन गरी छ वटा मुख्य विधामा आधारित थियो। एक दिनको तीव्र प्रतिस्पर्धा र व्यापक मूल्याङ्कनपछि उत्कृष्ट तीन प्रतिभाहरूले उपाधि जित्न सफल भए ।  

–समुन्द्र पंगेनी– भीएडब्लू इन्टरप्राइजेज, पोखरा ( विजेता, नगद रु.३० हजार)

–प्रमिला श्रेष्ठ – एल एस इन्टरप्राइजेज, ललबन्दी (फर्स्ट रनर अप,नगद रु.२० हजार)

–विकास रञ्जितकार – द व्हिल्स, सल्लाघारी ( सेकेन्ड रनर अप, नगद रु.१० हजार)

Muktinath Bikas Bank Limited

सबै नेसनल फाइनलिस्टहरूलाई उनीहरूको मेहनत, पेशागत प्रतिबद्धता र यामाहाको ‘कस्टमरफर्स्ट’ फिलोसोफीप्रति समर्पणको कदरस्वरूप प्रमाणपत्र, ट्रफी र पदक प्रदान गरिएको कम्पनीले जनाएको छ ।

पुरस्कारहरू एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल र ह्युमनरि सोर्स विभाग प्रमुख शम्भु प्रसाद कोइरालाले वितरण गरे। सो अवसरमा बोल्दै सीईओ अग्रवालले भने, ‘हाम्रा जनशक्ति नै यामाहा नेपालको सफलताको मुख्य आधार हुन्। यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र होइन, हाम्रा सेल्सप्रोफेसनलहरूको अनुशासन, उत्साह र ज्ञानको उत्सव पनि हो। एक उच्च(प्रविधियुक्त विश्वस्तरीय ब्रान्ड हुनुका नाताले यामाहा निरन्तर सिकाइ र क्षमता विकासमा विश्वास राख्दछ। एमएडब्लुराइड्सले आफ्ना जनशक्तिमा निरन्तर लगानी गर्नेछ किनकि उनीहरू नै यामाहाको विश्वव्यापी गुणस्तरलाई ग्राहकअनुभवमा रूपान्तरण गर्ने आधारहरू हुन्।’

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.