काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यस अवधिका लागि बीमितलाई प्रतिवर्ष प्रति हजारमा न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले सनलाइफ सावधिक जीवन बीमालेख अन्तर्गत १९ वर्षे अवधिका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ५५ रुपैयाँ र ३० वा सो भन्दा माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
कम्पनीले भाग्योदय जीवन बीमालेख अन्तर्गत १९ वर्षे अवधिका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ५५ रुपैयाँ कायम गरेको छ ।
बाल समृद्ध जीवन बीमा लेख अन्तर्गत १९ वर्षे अवधिका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ५५ रुपैयाँ बोनस दर तोकेको छ ।
कम्पनीले सुनौलो सावधिक जीवन बीमा योजना अन्तर्गत १९ वर्षे अवधिका लागि ३० रुपैयाँ र २० वा सो भन्दा माथिका लागि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
यसैगरी कम्पनीले नवीन आजीवन बीमालेख अन्तर्गत १९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ६२ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ८० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
त्यस्तै धनञ्जय जीबन बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि २३ रुपैयाँ र २० वा सो भन्दा माथिका लागि २५ रुपैयाँ बोनस दर तोकेको छ । सुनौलो बाल समृद्ध जीवन बीमालेख अन्तर्गत १९ वर्षे अवधिका लागि ३० रुपैयाँ र २० वा सो भन्दा माथिका लागि ५२ रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै १५ वर्षे सार्थक आजीवन बीमालेख अन्तर्गत १५ वर्षे अवधिका लागि ३९ रुपैयाँ, धनधान्य जीवन बीमालेख अन्तर्गत १९ वर्षे अवधिका लागि २३ रुपैयाँ र २० वा सो भन्दा माथिका लागि २५ रुपैयाँ, धनलक्ष्मी जीवन बीमालेख अन्तर्गत १९ वर्षे अवधिका लागि २३ रुपैयाँ र नव धनलक्ष्मी जीवन बीमालेख अन्तर्गत १९ वर्षे अवधिका लागि २३ रुपैयाँ र २० वा सो भन्दा माथिका लागि २५ रुपैयाँ बोनसदर तोकिएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट असार १५ गते स्वीकृत भई कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरिएको जनाएको छ ।