काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल ललितपुर स्थित होपफुल होराइजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धि सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।
एक समारोहका बिच होपफुल होराइजन नेपाल प्रालिका तर्फबाट डा.प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमुख,अन्जु बस्नेतको पनि उपस्थिति थियो ।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल होराइजन नेपाल प्रालिमा पेश गर्नुपर्ने छ ।