आईतवार, असार १४,२०८३ 12:42:03
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:42:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु बैंकले पायो ‘Nepal's Best Digital Bank for SMEs’ अवार्ड

Laxmi Sunrise Bank Limited
प्रभु बैंकले पायो ‘Nepal's Best Digital Bank for SMEs’ अवार्ड

काठमाण्डौ । अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित ‘यूरोमनि अवार्ड फर एक्सिलेन्स २०२५’अन्तर्गत प्रभु बैंक लिमिटेड ‘Nepal's Best Digital Bank for SMEs’ को सम्मान बाट सम्मानित भएको छ। यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था यूरोमनि लिमिटेडद्वारा सिङ्गापुरमा आयोजना गरिएको एक भव्य समारोहका बीच प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त सहित बैंकका अन्य थप तीन महिला अधिकृतहरूले संयुक्त रूपमा सम्मान ग्रहण गरेका थिए ।

प्रभु बैंकले यसअघि पनि बैंक अफ द ईयर २०२३ बाट सम्मानित भई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा, नवप्रवर्तन र ग्राहकप्रतिको समर्पणद्वारा सशक्त उपस्थिति जनाइसकेको छ।

New Office
CG Motors
Garima Development Bank

‘यूरोमनि एक्सिलेन्स अवार्डअन्तर्गत प्राप्त यस उपाधिले साना तथा मझौला उद्यम (एसएमई) लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको बैंकले जनाएको छ । प्रभु बैंकले नवीन प्रविधिको प्रयोग गर्दै ग्राहक– केन्द्रीत डिजिटल समाधानहरू उपलब्ध गराई देशभरका लघु तथा मझौला व्यवसायहरूलाई सरल, सुरक्षित र छरितो बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो केही वर्षयता बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श सेवा जस्ता अत्याधुनिक सेवाहरूको माध्यमबाट एसएमई बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ । यी सेवाहरूले साना तथा मझौला व्यवसायहरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा प्रभावकारी सहयोग पुर्याएका छन् ।

प्रभु बैंकले आफ्नो सेवा रणनीतिमा एसएमईलाई विशेष प्राथमिकता दिँदै, ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल सेवा विकास तथा विस्तारमा निरन्तर नवप्रवर्तन गर्दै आएको उल्लेख गरेको छ। यही प्रतिबद्धता र कार्यान्वयनले गर्दा बैंकले अन्तर्राष्ट्रिय समुदायबाट सम्मान प्राप्त गर्ने अवसर पाएको हो ।

अवार्ड प्राप्तिसँगै प्रमुख कार्यकारी अधिकृतले यो उपलब्धि केवल संस्थागत सफलताको प्रमाण नभई, सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको बताए । डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायहरूलाई सशक्त बनाउने अभियानमा प्रभु बैंक अझ प्रभावकारी योजना ल्याउने प्रतिबद्धतासहित अघि बढ्ने उल्लेख गर्दै, यसले थप जिम्मेवारीसहित साना तथा मझौला उद्यमीहरूलाई प्रेरित गर्ने हौसला प्रदान गरेको उनले बताए।

हाल प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर, २५६ एटीएम, तथा सशक्त डिजिटल प्लेटफर्ममार्फत आफ्ना सेवा प्रवाह गर्दै आएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.