काठमाण्डौ। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा ५ महिनाभित्र निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।
आज पदभार ग्रहण गर्दै मन्त्री खरेलले यस्तो निर्णय गरेका हुन् । उनले राजधानी बाहिरका सार्वजनिक स्थलमा इन्टरनेटको एकदमै आवश्यकता रहेकाले निःुशल्क इन्टरनेटको व्यवस्था गरिने बताए ।