• बुधबार, आश्विन ८,२०८२ 06:41:21
Global IME Bank Limited

आन्दोलनमा क्षतिग्रस्त सरकारी भौतिक संचरना पुनर्निर्माणका लागि समिति गठन

Hyundai Nepal
आन्दोलनमा क्षतिग्रस्त सरकारी भौतिक संचरना पुनर्निर्माणका लागि समिति गठन
Shivam Cement

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका कारण क्षतिग्रस्त सरकारी भौतिक संचरना पुनर्निर्माणका लागि समिति गठन गरेको छ । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति गठन गरेको हो । यो समितिको अध्यक्ष अर्थमन्त्री अध्यक्ष हुनेछन् भने यसमा जम्मा पाँच सदस्य रहनेछन् ।  

समिति सदस्यमा गृहमन्त्री, सहरी विकासमन्त्री, मुख्यसचिव र सहरी विकास मन्त्रालयका सचिवले रहनेछन् । समितिको अवधि एक वर्षको हुनेछ तर आवश्यकताअनुसार यसको अवधि ६ महिना थप गर्न सकिने जनाइएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त समितिले आन्दोलनबाट क्षतिग्रस्त सरकारी भौतिक संरचना पुनर्निर्माण कार्यान्वयन कार्ययोजना निर्माण तथा स्वीकृत गर्ने छ । यसका साथै समितिले पुनर्निर्माणबा लागि कार्यक्रम स्वीकृत गर्ने र आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माणका लागि सम्बन्धित निकायको जिम्मेवारी तोक्नेछ ।  

यसका साथै स्रोत पहिचान र पहिचालन गरी पुनर्निर्माण कार्यक्रमको नियमित अनुगमन र सुपरीवेक्षण समेत गरिनेछ ।  यसका लागि एउटा कोष समेत खडा गरिनेछ । उक्त कोषमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाठ प्राप्त हुने रकम जम्मा गरिनुका साथै साथै, स्वदेशी वा विदेशीमा रहेकाले गर्ने आर्थिक सहायता समेत जम्मा गरिनेछ ।  

कामको प्रगति विवरण प्रत्येक त्रैमासको अन्त्यसँगै सरकारलाई बुझाउनुपर्ने छ । 

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.