काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँ बढेर ५ हजार ३३५ रुपैयाँ कायम गरिएको छ ।
अघिल्लो कारोबार दिन चाँदीको मूल्य प्रतितोला ५ हजार २६५ रुपैयाँ रहेको थियो ।

