सुनको मूल्य तोलामा ४८ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै ४ हजार ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ रहेको थियो ।

